काठमाडौं । मंगलबार सुनकाे मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँ घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार एक सय रुपैयाँ ताेकिएकाे थियाे । तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँ घटेर ९५ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेकाे महासंघले जनाएकाे छ ।
चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँ घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।