Aafno Khabar

देशभर सामान्यतया बदली, केही स्थानमा वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

काठमाडाै‌ं । मंगलबार देशभरकाे माैसम सामान्यतया बदली भइ केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

हाल देशका अधिकांश स्थानमा सामान्य बदली भइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बाग्मती प्रदेश ,गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाकाे सूचनामा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु