Aafno Khabar

देशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • September 5, 2020 प्रकाशित

काठमाडाैं । शनिबार देशभरकाे माैसम सामान्यतया बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार बिहान प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बलदी भएर बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्यतया बदलीको आवस्था रहेको छ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश तथा प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाे महाशाखाकाे सूचनामा उल्लेख छ ।