काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत रहेका छन् ।
रातो मच्छिन्द्रनाथको रथ तान्न खोजेका युवा र प्रहरीबीच बिहीबार झडप भएको थियो ।
भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको प्रहरी स्रोतले बताएको छ ।
यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।