Aafno Khabar

यस्ताे छ शुक्रबारकाे माैसम पूर्वानुमान

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

काठमाडाैं । शुक्रबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेकाे छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

हाल मनसुनी न्यूनचापीय रेखा नेपाल भन्दा केही पर दक्षिणतर्फ अवस्थित रहेकोले मनसुनी गतिविधि केही कमजाेर बनेकाे हाे ।