रौतहट । माधवनारायण नगरपालिका-२ खैस्रैया चौकस्थित हनुमान मन्दिरको पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या गरी फरार रहेको अभियोगमा २ जना बुधबार पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-१ करुनिया बस्ने ३६ वर्षीय नरेश भन्ने राम नरेश राउत पटेल र २८ वर्षीय बाल कुमार पटेल रहेकाे प्रहरीले जनाएकाे छ ।
दुवैजना बाेधिमाइ नगरपालिका ७ बाट पक्राउ परेका हुन् । घटनामा उनीहरुसहित अन्य पनि संलग्न रहेकाे प्रहरीले बताएकाे छ ।
राम नरेशको बुवाले पुजारीसँग ब्याजमा रकम लिएको र रकम तिर्ने क्रममा विवाद भएपछि पुजारीकाे हत्या भएकाे खुल्न आएकाे प्रहरीले जनाएकाे छ ।
घटनामा संलग्न अन्यकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ ।