काठमाडौं । गायक सरोज साजन श्रेष्ठको ‘माया नयनी ताल’ म्युजिक भिडियो ट्रेडिङमा पर्न सफल भएको छ ।
अगष्ट ३१ मा डिभिनी म्युजिक च्यानल मार्फत सार्वजनिक भएको भिडियोको शब्द/संगित गायक श्रेष्ठको रहेको छ ।
बिधान कार्कीले गरेको म्युजिक भिडियोमा सुदिर श्रेष्ठ, रियासा दाहाल,सुशिल रेग्मी र अनामिका बाराकोटीको अभिनय रहेको छ ।
भिडियोलाई यो समाचार तयार पार्दासम्म १ लाख ४३ हजार १ सय ४३ पटक हेरिएको छ । म्युजिक भिडियो ट्रेन्डिङको २५ औं नम्बरमा रहेको छ ।