काठमाडौं । सुनको मूल्य बुधबार घटेको छ । छापावाला सुनको मूल्य तोलामा १२ सय रुपैयाँले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरेहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९८ हजार चार सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा १२ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार नौ सय रुपैयाँ थियो ।
बुधबार चाँदीको मूल्य तोलामा १३ सय ६५ रुपैयाँ कामय छ ।