Aafno Khabar

यस्ताे छ मंगलबारकाे माैसम पूर्वानुमान

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

काठमाडौं । मंगलबार देशभर सामान्यतया बदली हुने र अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेकाले मनसुनी गतिविधि अघिल्ला दिनको भन्दा केही सक्रिय बनेको महाशाखाले जनाएकाे हाे ।

मंगलबार दिउँसो देशभर सामान्यतया बदली रहने र अधिकांश स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

राति पनि देशभर सामान्यतया बदली रहने र केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।