Aafno Khabar

साेमबार देशभर कहाँकाे माैसम कस्ताे ?

  • आफ्नो खबर
  • August 31, 2020 प्रकाशित

काठमाडौं । सोमबार देशधर सामान्यतया बदली हुने र केही स्थानमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल प्रदेश न १, प्रदेश न २ र गण्डकी प्रदेशका सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । अन्य भू–भमगमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १ र प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति पनि देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।

अहिले मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । मनसुनी गतिविधि केही कमजाेर बनेकाे महाशाखाले जनाएकाे छ ।