Aafno Khabar

पीसीआर परीक्षणको मूल्य घटाउने निर्णय, अब कति ?

  • आफ्नो खबर
  • August 30, 2020 प्रकाशित

काठमाडौं । सरकारले पीसीआर परीक्षणकाे शूल्क घटाएको छ । अब पीसीआर परिक्षणवापत अधिकतम ४ हजार ४ सयसम्म लिन पाइने छ ।

परीक्षणका लागि सामग्रीको उपलब्धता, विश्वबजारमा भएको मूल्य समायोजन आधार मानी पीसीआर परीक्षणकाे शुल्क घटाइएकाे मन्त्रालयले जनाएकाे छ ।

यसअघि पीसीआर परीक्षण शूल्क ५ हनार ५ सय र सेवा शूल्कवापत १० प्रतिशत थप रकम लिन पाउने व्यवस्था गरिएको थियो । निजी स्वास्थ्य संस्थाहरुले पिसिआर परीक्षण वापत ८ हजार रुपैयाँसम्म लिने गरेका थिए ।