Aafno Khabar

सुनकाे मूल्य घट्याे

  • आफ्नो खबर
  • August 28, 2020 प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार सामान्य गिरावट आएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि शुक्रबार प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।