काठमाडौं । केही दिन यता सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ । बुधबार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेर ९६ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
मंगलबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार २ सय रुपैयाँ थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँ घटेर ९६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।