काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा बुधबार विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणको कुलेश्वर वितरण केन्द्रअन्तर्गतका विभिन्न स्थानमा रुखका हाँगा कटान गर्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको हो । प्राधिकरणका अनुसार बुधबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् कटौती हुने भएको छ ।
प्राधिकरणका अनुसार सोल्टी दोबाटो, सिभिल होम्स, टौखेल, सीतापाइला, इचङ्गुनारायण, पद्यमा कोलेनी, भीमढुङ्गा, नर्सरी भञ्ज्याङ, छत्रे देउरालीलगायत स्थानमा विद्युत् कटौती हुने भएको हाे ।
प्राधिकरणले ती स्थानमा विद्युत् काटिँदा उपभोक्तामा परेको असुविधाप्रति क्षमा पनि मागेकाे छ ।