Aafno Khabar

देशभरकाे माैसममा आ‌ंशिकदेखि सामान्य बदली

  • आफ्नो खबर
  • August 22, 2020 प्रकाशित

काठमाडाैं । शनिबार देशभरकाे मौसममा आंशिक देखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।

अहिले भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा रहेको छ ।