Aafno Khabar

काेराेना संक्रमित थप ६ जनाकाे मृत्यु

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला,  मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको मृत्यु भएको हो ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।

नेपालमा बिहीबार काठमाडाैं उपत्यकामा २ सय सहित देशभर ७ सय ७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।