Aafno Khabar

सुनचाँदीकाे मूल्य घट्याे

  • आफ्नो खबर
  • August 20, 2020 प्रकाशित

काठमाडौं । तोलामा १ लाख नाघेको सुनको मूल्य बिहीबार ‍ओरालो लागेको छ । बिहीबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले घटेर तोलाको ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुन तोलाको १ लाख चार सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तोलामा २ हजार २ सय रुपैयाले बढेर सुन तोलामा १ लाख नाघेको थियो ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १ हजार ३ सय ६० रुपैयाँ भएकाे छ ।