Aafno Khabar

ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा बिपीन

  • आफ्नो खबर
  • August 19, 2020 प्रकाशित

काठमाडाैं । ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजकाे ब्राण्ड एम्बेसडरमा अभिनेता बिपीन कार्की नियुक्त हुनुभएकाे छ । नेपाली चलचित्र क्षेत्रमा एक अब्बल पहिचान बनाउन सफल अभिनेता कार्कीलाई भदाै एक गतेदेखि लागू हुने गरी ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएकाे हाे ।

एक सफल कलाकार ब्राण्ड एम्बेसडरकाे रुपमा जाेडिएकाेमा ग्लेसियर इन्टरनेशनल स्कुल तथा कलेजले निकै गाैरवकाे महसुस गरेकाे स्कुल तथा कलेजका प्राचार्य दिवस शाक्यले विज्ञप्तिमार्फत बताउनुभएकाे छ ।

शिक्षाकाे साथ अतिरिक्त क्रियाकलाप, खेलकुद तथा कलाकारितामा पनि विद्यार्थीकाे प्रतिभा उजागर गर्नू याे स्कुल तथा कलेजकाे उद्देश्य रहेकाे छ ।

विसं २०५१ सालमा स्थापना भएकाे याे स्कुलले २०६६ सालदेखि प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकी संकायमा शिक्षा प्रदान गरिरहेकाे छ ।

हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत बीबीएसकाे पनि कक्षा सञ्चालन गरिरहेकाे याे विद्यालयले मन्टेश्वरी कक्षा पनि व्यवस्थित रुपमा सञ्चालन गरिरहेकाे छ । आगामी दिनमा स्नातकाेत्तरका कक्षा पनि सञ्चालनमा ल्याउने तयारी भइरहेकाे विद्यालयले जनाएकाे छ ।

 

सम्बन्धित शीर्षकहरु