Aafno Khabar

यस्ताे रहनेछ आइतबारकाे माैसम

  • आफ्नो खबर
  • August 16, 2020 प्रकाशित

काठमाडाैं । आइतबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले देशभर आंशिकदेखि समान्य बदली रहेको महाशाखाले जनाएकाे छ ।

आइतबार दिउँसो देशभर आंशिकदेखि समान्य बदली रही केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

राति देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।