काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५ , कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाकाे पूर्वानुमान छ ।
राति पनि देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं १ ,बाग्मती प्रदेश , प्रदेश नम्बर ५ र सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।