Aafno Khabar

फेरि बढ्याे सुनकाे मूल्य

  • आफ्नो खबर
  • August 13, 2020 प्रकाशित

काठमाडौं । बुधबार एकै दिन तोलामा ६२ सय रुपैयाँ कम भएको सुनको मूल्य बिहीबार फेरि बढेको छ ।

बिहीबार सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन बिहीबार ९७ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य तोलाको १२ सय ९५ रहेको महासंघले जनाएकाे छ ।