Aafno Khabar
Creative Ideas

सुनकाे मूल्य घट्याे, चाँदीकाे मूल्यमा नयाँ कीर्तिमान

  • आफ्नो खबर
  • २०७७ साउन २७ गते प्रकाशित

काठमाडाैं । सुनको भाउ मंगलबार तोलामा ८ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ मंगलबार तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

लगातार उकालो लागेर तोलाको एक लाख ३ हजार ५ रुपैयाँसम्म पुगेको सुनको भाउ आइतबारदेखि घट्न थालेको हो ।

चाँदीको भाउले भने नयाँ कीर्तिमान बनाएको छ । चाँदी मंगलबार तोलामा ४० रुपैयाँ बढेर तोलाको १४ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।