Aafno Khabar
Creative Ideas

गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाकाे सम्भावना

  • आफ्नो खबर
  • २०७७ साउन २७ गते प्रकाशित

काठमाडाैं । देशका अधिकांश भूभागमा मंगलबारको मौसममा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाकाे सूचनामा उल्लेख छ ।

मंगलबार राति पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र प्रदेश नम्बर ५ का थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ अवस्थित रहेको पनि महाशाखाले जनाएको छ।