बेरुतमा भएको शक्तिशाली बिस्फोटपछि उत्कर्षमा पुगेको सर्वसाधारणको आक्रोशका कारण लेबनानको सरकार ढलेको छ ।
मन्त्रीपरिषदका सबैले राजीनामा दिएका छन् । प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका सरकार भंग गरेको घोषणा गरेका हुन् । उनले टेलिभिजन सम्बोधन मार्फत आफ्नाे राजीनमाकाे घाेषणा गरेका हुन् ।
यो पनि
लेबनानका नागरिकले भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा यही कारण बिस्फोट पनि भएको आरोप लगाएका छन् ।
बिस्फोटपछि लेबनानमा विरोध प्रदर्शन भइरहेकाे छ ।
गएको मंगलबार राति बेरुतको तटीय क्षेत्रमा भण्डारण गरी राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएकाे थियाे । विस्फाेटमा अहिलेसम्म २ सय भन्दा बढीकाे ज्यान गइसकेको छ भने हजाराैँ मानिस घाइते भएका छन् ।
विगत ६ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको २७ सय ५० टन एमोनियम नाइट्राइट गएको मंगलबार राति बिस्फोट भएको थियो ।