Aafno Khabar
suvakamana add

लेबनानकाे बेरुतमा भयानक विस्फाेट : ७० भन्दा बढीकाे मृत्यु (भिडियाे)

  • एजेन्सी
  • २०७७ साउन २१ गते प्रकाशित

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोट हुँदा कम्तीमा ७० जनाको ज्यान गएको छ । बिस्फोटमा परी चार हजार भन्दा बढी मानिस घाइते भएको आशंका गरिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बेरुत शहरको तटीय क्षेत्रमा भएको बिस्फोटको भिडियोमा धुवाँको मुस्लो उड्दै गरेको तथा आगो दन्किरहेको देखिन्छ ।

विगत ६ वर्षदेखि राखिएको बिस्फोटक पदार्थका कारण ठूलो मानवीय क्षति हुने गरी बिस्फोट भएको सरकारी अधिकारीले बताएका छन् ।

राष्ट्रपति मिशेल एउनले  २७ सय ५० टन एमोनियम नाइट्रेड असुरक्षित रुपमा स्टोर गरिनु अस्वीकार्य भएकाे बताएका छन् ।

बिस्फोटबाट स्थानीय धेरै घरहरु ध्वस्त भएको पनि जनाइएको छ ।

राष्ट्रपति एउनले तीन दिनका लागि शोक घोषणा गरेका छन् । उनले आकश्मिक कोषका लागि ६६ मिलियन अमेरिकी डलर प्रदान गर्ने पनि बताएका छन् ।

प्रधानमन्त्री हसन डायबले देशसमक्ष घटनामा जिम्मेवारहरुले यसकाे मूल्य तिर्नुपर्ने टेलिभिजनमार्फत गरिएकाे सम्बाेधनमा बताएका छन्।

पूर्वी भूमध्यसागरको साइप्रसको आइल्याण्डसम्म अर्थात २४० किलोमिटर परसम्म बिस्फोटको आवाज सुनिएको थियो ।