Aafno Khabar

कक्षा ११ काे परीक्षा तत्काल नलिन परीक्षा बाेर्डकाे निर्देशन

  • आफ्नो खबर
  • August 7, 2020 प्रकाशित

काठमाडौं । कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन राष्ट्रिय परीक्षा बोर्डले विद्यालयसमक्ष निर्देशन दिएको छ ।

केही विद्यालयले कक्षा ११ को परीक्षा सम्बन्धी कार्यक्रम सार्वजनिक गरेकोले विद्यालय पुनः सञ्चालन गर्ने बारे कुनै निर्णय गरिनसकेको अवस्थामा तत्काल परीक्षा नलिन निर्देशन दिइएको राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएका‍े जनाएकाे छ ।

यस्तो समयमा परीक्षा सञ्चालनको कार्यक्रम सार्वजनिक गर्दा विद्यार्थी तथा अभिभावकमा त्रासको वातावरण सिर्जना हुने भएकाले सरकारबाट विद्यालय पुन: सञ्चालनको निर्णय नभएसम्म परीक्षा सञ्चालन सम्बन्धी काम नगर्न नगराउन बाेर्डले निर्देशन दिएकाे हाे ।

काेराेना भाइरस र लकडाउनका कारण स्थगित कक्षा ११ को नियमिततर्फको परीक्षा आगामी माघभन्दा पहिले लिनुपर्ने छ ।

सम्बन्धित शीर्षकहरु