Aafno Khabar

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

  • आफ्नो खबर
  • August 5, 2020 प्रकाशित

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले बुझाएको परीक्षा शुल्क फिर्ता गर्ने भएको छ । वार्षिक परीक्षा विद्यालयबाट नै हुने भएपछि बोर्डले शुल्क फिर्ता गर्ने भएको हो ।

परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डले जनाएको छ । परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी २०० रुपैयाँ कट्टा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार विद्यार्थीहरूको फिर्ता रकम कक्षा १२ को परीक्षा शुल्कमा मिलान गरिने हुनेछ ।

कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधिमा कक्षा ११ को वार्षिक परीक्षा सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।