कलाकार दिपकराज गिरीले सामाजिक संजाल फेसबुकमार्फत गाईजात्राले प्रस्तुती दिएका छन् । उनले फेसबुक राखेको प्रस्तुतीमा नेपालमा क्रियाशिल युट्युबरलाई प्रहार गरेका छन् । गिरीले फेसबुकमा राखेको गाईजात्रे पोष्ट जस्ताको त्यस्तै ।
गाइजात्रे प्रस्तुती :
गुरूदेब :
ओम जय जय जय युटूबेश्वर !! स्वामी जय यूटूबेश्वर !!!
प्रिय भक्तजनहरू !
जब देखि यूटूबेश्वर स्वामि यस लोकमा पाल्नु भो
आजकल अपराधि पत्ता लगाउन प्रहरी नै चाहिन्न
किनकि स्वयं यूटूबेश्वर स्वामी
प्रहरी भन्दा २ घन्टा अगाडि नै पुगिबक्सिन्छ !
त्यसैले हाम्रो शास्त्र ले भन्छ
उहॉलाइ उत्कृष्ट प्रहरीको रूपमा पनि पूजा गरिनु पर्छ
यूटूबेश्वर स्वामी कि !
भक्तजन : जय !!!
गुरूदेब :
हे भक्तजन !!!
आजकल मनुष्यले को दोषि हो कस्लाइ कति सजाए दिने ?
त्यसको लागि अदालत पनि जानै पर्दैन
किनकि स्वामी स्वयं त्यॉहा पुगेर अपराध अनुसारको
उपयुक्त सजाए आफै तोकि बक्सिन्छ !!
त्यस्ता प्रभूलाइ कोटी कोटी नमस्कार छ
आउनुस तिनै नब न्यायमूर्तिको स्मरण गरौ!!
कुनै पनि ब्यक्तिलाइ अत्यन्त दयालु समाजसेबी घोषणा गरेर एकै रातमा देउता नै बनाइदिने पनि तपाइ!
भोलि नै त्यो मान्छे लाइ सपूत बाट कपूत र देउता बाट दानब बनाएर सर्बत्र घृ्णाको पात्र बनाइदिन सक्ने पनि तपाइ
जे हो त्यहि भन्दै घर दैलौ मै पुगेर जस्ताको त्यस्तै बक्ने !अपराधिलाइ माइकले नै घोचि घोचि सक्ने !!
उचाल्ने पनि तपाइ ,थचार्ने पनि तपाइ
समात्ने पनि तपाइ ,सजॉए दिने पनि तपाइ
देउताका पनि देउता
गरिब तथा दुखिको महादेउता
झोपडिमा पनि तपाइ , महलमा पनि तपाइ
यत्र तत्र सर्बत्र , हे दृ्ष्टीकर्ता संजय ! हे सृष्टिकर्ता ब्रह्मा
तिमि छौ र त यो लकडाउन मा दिन कटाउन सजिलो भा छ
त्यसैले आजकल चौबिसै घन्टा तिम्रै भजन मन लागिराछ
तपाइको भक्तिभाब सधै ट्रेन्डिग बनेर हाम्रो ह्रदयमा बसिरहोस्
आउनुस अब उनै नब न्यायमूर्ति प्रभूको भजन गॉऔ
ओम जय यूटूबेश्वर !
स्वामी जय यूटूबेश्वर!!
भक्तहरूको आस्था तिमि नै हाम्रो इश्वर
ओम जय जय जय यूटुबेश्वर!!!
( यस पालिको मेरो गाइजात्रा स्ट्याटस बाटै)!!!
सबै आदरणिय मित्रहरूलाइ सादर नमन !!!
गाइजात्रे अभिवादन!!!