काठमाडौं । उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको काेराेना भाइरस परीक्षणमा ४० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयको नियमित व्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका भित्रिने साँगा, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिनुभएकाे हाे ।
यस्तै, मगलबार उपत्यकामा ६२ जना सहित देशभर २ सय ५९ जना काेराेना संक्रमित थपिएका छन् । लकडाउन खुला भएपछि उपत्यकामा समय संक्रमितकाे संख्या बढीरहेकाे छ । यसअघि साेमबार पनि उपत्यकामा ५१ जना काेराेना संक्रमित थपिएका थिए ।