काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेकाे संख्या ५८ जना पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे समय मोरङको विराटनगर महानगरपालिका ५ आदर्शटोलका ७७ वर्षिय वृद्धाको कोरोनाका कारण मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि १९ गते बिहान कोसी अस्पताल भर्ना हुनुभएकी ती वृद्धाको १९ गते निधन भएको हो । उहाँ मधुमेह तथा उच्च रक्तचापका विरामीसमेत रहनुभएकाे मन्त्रालयले जनाएकाे छ ।