Aafno Khabar
creativeideas

एमाले जीवित राख्नको लागि हामीले पार्टी दर्ता गर्‍याैँ : उपाध्यक्ष खड्का

  • सरोज खनाल
  • २०७७ साउन १७ गते प्रकाशित

नेपालको पहिलो महिला रेस्लर भगवती खड्काको चर्चा यतिबेला राजनीतिक वृतमा चुलिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र चुलिएको राजनैतिक गतिरोधकाबीच दर्ता भएको नेकपा एमालेले खड्कालाई चर्चामा ल्यायो । नेकपाका बहुमत सदस्यहरु प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट रुष्ट छन् ।

सरकार र पार्टी सञ्चालनमा ओली एकलौटी रुपमा अगाडी बढेको नेताहरुको आरोप छ । नेकपाको गतिरोध अन्त्यका लागि ओलीले प्रधानमन्त्री र अध्यक्ष दुुबै पद छाडनुपर्ने नेताहरुको माग छ भने ओली दुुबै पद नछाडने अडान छन् । पार्टीमा बहुमतको आधारमा आफूलाई हटाउन खोजे नेकपा फुटाउने सम्मको धम्की ओलीले दिँदै आएका छन् । आफूूलाई पार्टी र सरकारबाट हटाउन खोजे पार्टी फुटाउने ओलीको धम्कीपूर्ण व्यवहारले नेकपाभित्र शक्तिको संघर्ष चरम मोडमा पुगेको छ ।

ओलीले कहिले पार्टी फुटाउन सहज हुने खालको विधेयक ल्याउन खोजेर होस वा आफू निकटका नेतालाई बालुवाटारमा डाकेर होस विरोधी खेमालाई चुनौती दिइरहेका छन् । अझ आफ्नो पक्षमा सडकमा कार्यक्रता उतारेर पार्टीभित्र आफू कति शक्तिशाली रहेको छु भन्ने कुरा देखाइसकेका छन ओलीले । ओली आफ्नो कार्यशैलीबाट टसमस नहुने र अन्य नेताहरु ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भइरहँदा अझै पनि नेकपामा फूट टाढा छैन भन्नेहरु भेटिन्छन् ।

स्थायी कमिटी बैठकलाई पटक पटक सारेर आलोचनाबाट पन्छिन खोजेका ओली अर्का अध्यक्षको अध्यक्षतामा बहुमत सदस्यहरुको बैठकबाट नैतिक बिचलनमा परेका छन् । उनको आगामी कार्यशैली परिवर्तन हुन्छ वा विपक्षीको सामना अझै गर्छन हेर्न बाँकी रहेको छ । नेकपाभित्रको शक्ति सघर्ष चरमोत्कर्षमा पुगेको बेला दर्ता भएको नेकपा एमाले ओलीको निर्देशनमा दर्ता भएको नेकपा अन्य नेताहरुको आरोप छ ।

नेकपाभित्र ओलीको समर्थन गर्ने कार्यक्तताहरुले दर्ता गरेको एमाले ओली पक्षको नेकपा फुटाउने योजनाका साथ दर्ता भएको नेताहरुले सार्वजनिक रुपमा नै टिप्पणी गरेका छन् । नेकपाका जिम्मेवार नेताहरुले भनेको जस्तै एमाले दर्ता ओली पक्षको निर्देशनमा भएको हो त ! यही विषयमा बुझ्नका लागि हामीले निर्वाचन आयोगमा एमाले दल दर्ताका लागि दिएको निवेदनमा उपाध्यक्ष रहेकी भगवती खड्कासँग कुराकानी गरेका छौं । आफ्नो खबरकर्मी सरोज खनालले खड्कालाई एमाले पार्टी किन दर्ता गर्नुभयो भनेर सोधेका छन् ?

खनालको प्रश्नमा खड्का भन्छिन पार्टी दर्ता हरेक नागरिकको नैर्सगिक अधिकार हो ।

– नेकपा अध्यक्ष ओली पक्षको निर्देशनमा पार्टी दर्ता भएको हो ?
हैन ! म नेकपा एमालेको इमान्दार कार्यक्रता हो । नेकपा एमालेलाई जिवित राख्नको लागि हामीले एमाले पार्टी दर्ता गरेका हौं ।

-प्रधानमन्त्री ओली र नेकपा नेता महेश बस्नेतसँग जोडेर हजुरका विभिन्न कुरा आएका छन् नी ?
हो । म सम्मानिय प्रधानमन्त्रीको ठूलो फ्यान हो । सानैदेखि उहाँसँग भेट्ने इच्छा थियो त्यो इच्छा पनि पूरा भयो । उहाँले मलाई खासै सहयोग त गर्नुभएको छैन् ।

तर उहाँलाई म सदा रेस्पेक्ट, सम्मान गर्छु । महेश बस्नेत बिकासप्रेमी नेता हो । उहाँले भक्तपुरका लागि धेरै विकासका काम गर्नुभएको छ । जस्तासँग त्यस्तै व्यवर गर्ने उहाँको बानी पनि मलाई मन पर्छ ।