Aafno Khabar

आइतबारदेखि बारामा अनिश्चितकालीन निषेधाज्ञा

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

बारा । जिल्ला प्रशासन कार्यालय बाराले भोलि आइतबार बिहान ५ बजेदेखि जिल्लामा पूर्ण रुपमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ।

शुक्रवार राति विज्ञप्ति निकालेर आइतबारदेखि  कडा रुपमा निषेधाज्ञा पालना गराउन सरोकारवालाहरुलाई निर्देशन दिएको हो ।

प्रशासनले आवश्यक सेवामा विद्युत, खद्यान्न, खानेपानी, दूध, ग्यास, औषधी, एम्बुलेन्स र स्वास्थ्य क्षेत्रका मासिनहरुलाई मात्र राजमार्गमा आवतजावत गर्न दिएको छ।

बाराका बढी भिडभाड हुने बजारमा कलैया, सिम्रौनगढ, कोल्हबी, निजगढ, पथलैया, सिमरा, जितपुर, परवानीपुर, प्रसौनी लगायतका ठाउँमा पसल खोल्न निषेध गरेको छ । वीरगंज पथलैया औद्योगिक कोरिडोरका उद्योगमा अत्यावश्यक उद्योगमा मजदुरलाई उद्योग परिसर भित्र राखेर उद्योग चलाउन र बाँकी उद्योग बन्द गर्न पनि निर्देशन दिइएकाे छ ।