Aafno Khabar
creativeideas

जापान र अमेरिकामा टिकटकमाथि प्रतिबन्धकाे तयारी

  • आफ्नो खबर
  • २०७७ साउन १७ गते प्रकाशित

टिकटकले आफ्नाे बजार गुमाउने क्रम बढेकाे छ । यस क्रममा जापान र अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन् ।

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका छन् । टिकटकले आफ्ना नागरिकको डेटा संकलन गरी चिनियाँ सरकारलाई उपलब्ध गराइरहेको भन्दै आलोचना सुरु भएपछि सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नजिक पुगेको हो ।

जापानका अर्थमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका सांसदहरुको समूहले एउटा बैठक गरी टिकटक विरुद्धको कदम अगाडि बढाउने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

त्यस्तै अमेरिकामा समेत टिकटक प्रतिबन्ध गर्ने तयारी भइरहेको छ । अष्ट्रेलिया सरकारले प्रयोगकर्ताको डेटा चीन सरकारमा बुझाएकाे आराेपसहित टिकटकमाथि प्रतिबन्ध गर्न सक्ने जनाएकाे छ । तर कम्पनीले प्रयाेगकर्ताकाे डेटा चिनियाँ सरकारकाे हातमा नपुगेकाे दाबी गरिरहेकाे छ ।

यसअघि भारत र चीनबीचको सीमा विवादका कारण भारतमा टिकटक प्रतिबन्ध छ ।

–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा