काठमाडौं । गायक प्रकाश सपुतको ‘बदला बरिलै’ सार्वजनिक भएको छ । समाजमा नारिमाथि हुने बलात्कार जस्तो घृणित कार्यलाई यस गितले आफ्नो विषयबस्तु बनाएको छ ।
समाजमा हुने विभिन्न सार्वजनिक कार्उक्रम र सो कार्यक्रमका अतिथि (समाजका गन्यमान्य) व्यक्ति नै सामाजिक बिचलनमा कसरी सक्रिय हुन्छन भन्ने भाव ‘बदला बरिलै’ ले बोकेको छ ।
प्रकाश सपुतको लय शब्द तथा निर्देशन रहेको ‘बदला बरिलै’ मा देबी घर्तीको आवाज रहेको छ । गितमा नायिका केकी अधिकारी, धुव्र कोइराला लगायतको अभिनय रहेको छ ।