काठमाडौं । सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड कायम गरेको छ । सुन आज तोलामा ३ सय रुपैयाँ बढेर तोलाको ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यो अहिलेसम्मकै महँगो मूल्य हो । केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ तोकिएको थियो ।
कोरोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।
चाँदी भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो चाँदी तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।