काठमाडौं । सरकारले विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन हटाउन लागेकाे छ ।
सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले अब विद्यालय भवन क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग नगर्ने निर्णय भएको जानकारी दिनुभएकाे हाे ।
गएकाे साेमबार बसेकाे मन्त्रिपरिषद्ले यस्ताे निर्णय गरेकाे विहीबार पत्रकारसम्मेलनमार्फत खतिवडाले जानकारी गराउनुभएकाे हाे ।
सरकारले शैक्षिक सत्र २०७७/७८ को विद्यार्थी भर्ना भदौ १ देखि सुरु गर्ने बताएको छ ।