Aafno Khabar

अमेरिकामा काेभिड १९ संक्रमणबाट मृत्यु हुनेकाे संख्या १ लाख ५० हजार बढी

  • आफ्नो खबर
  • July 30, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडाैं । अमेरिकामा कोरोना भाइरस (काेभिड १९) बाट ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार बढी भएको छ ।

रोयटर्समा प्रकाशित समाचारका अनुसार मृतक संख्या १ लाख ५० हजार नाघेको अमेरिकामा पछिल्ला ११ दिनमा मात्रै कोरोनाका कारण १० हजार बढी मानिसको मृत्यु भएको हाे ।

अमेरिकामा पछिल्लो समय अर्थ व्यवस्था लयमा फर्काउन लकडाउन खाेलिएकाे थियाे । यसकारण अमेरिकामा मृत्युदर बढीरहेकाे जनाइएकाे छ ।

अमेरिकामा मास्क प्रयोग र सामाजिक दूरी कायम गर्ने कुरामा त्यहाँका नागरिकहरूमा देखिएको अरूचिले पनि कोरोना फैलिएको समाचारमा जनाइएकाे छ ।