Aafno Khabar
creativeideas

उपाधि जितिसकेकाे युभेन्टस पराजित, गाेल्डेन बुट जित्ने राेनाल्डाेकाे सपनामा धक्का

  • आफ्नो खबर
  • २०७७ साउन १५ गते प्रकाशित

इटालियन सिरी ए को उपाधि जितिसकेको युभेन्टस काग्लिरीसँग पराजित भएको छ ।

बुधबार राति काग्लिरीकाे घरेलु मैदानमा भएको खेलमा लुका गाग्लियानो र सिमोनले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा नै मेटिलीको पासमा लुकाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफका अन्तिममा सिमोनले गोल गरेपछि युभेन्टस दुई शून्यले पछाडी रह्यो ।

अब सिरी ए को अन्तिम चरणका खेलहरु बाँकी रहेका छन् । यो हारपछि युभेन्टस दोस्रो स्थानको इन्टर मिलान भन्दा चार अंकले अगाडि छ ।

याे हारले युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ ।

युरोपियन गोल्डेन बुटको प्रतिस्पर्धामा रहेका रोनाल्डो लाजिओका स्ट्राइर चिरो इमोबिलेसँग प्रतिस्पर्धामा छन् । रोनाल्डो चिरो भन्दा चार गोलले पछि रहेका छन् ।