Aafno Khabar
creativeideas

सन्दीप लामिछाने सीपीएल खेल्न विहीबार जाने पक्का

  • आफ्नो खबर
  • २०७७ साउन १४ गते प्रकाशित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग सीपिएल क्रिकेटमा सन्दीप लामिछानेको सहभागिता निश्चित भएको छ। सन्दीप बिहीबार क्यारेबियन क्रिकेट खेल्न जाने पक्का भएकाे उनका म्यानेजर रमन सिवाकाेटीले जानकारी दिए ।

कोरियन एयरलाइन्सको चार्टर्ड फ्लाइटमार्फत उनी अमेरिका हुँदै क्यारेबियन जाने बताइएकाे छ । सीपीएलमा यसपटक सन्दीप जमैका तल्लावाजबाट खेल्दैछन् । उनलाई ९० हजार अमेरिकी डलरमा तल्लावाजले आबद्ध गरेको हो ।

आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुनेछ ।