Aafno Khabar
creativeideas

सीपीएलको खेल तालिका सार्वजनिक

  • आफ्नो खबर
  • २०७७ साउन १३ गते प्रकाशित

काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी २० क्रिकेट प्रतियाेगिताकाे खेल तालिका सार्वजनिक भएको छ ।

सीपीएल आयाेजकले साेमबार खेल तालिका सार्वजनिक गरेकाे हाे । आठाैं संस्करणकाे सीपीएल अगस्ट १८ देखि ट्रिनिडाड एण्ड टाेबागाेमा हुनेछ ।

उद्घाटन खेलमा पूर्व विजेता ट्रिनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्स खेल्ने भएका छन् ।

६ टिमले प्रतिस्पर्धा गर्ने लिगकाे फाइनल सेप्टम्बर १० मा हुनेछ ।

नेपाली खेलाडी सन्दीप यससिजन जमैका तल्लावाजबाट खेल्ने छन् । जमैकाले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

तर कोरोना महामारीका कारण हवाई उडान नहुँदा सन्दीप सीपीएल खेल्न जाने वा नजाने निर्णय भइसकेकाे छैन ।