काठमाडाैं । मंगलबार पनि सुनको मूल्य बढेको छ । छापावाला सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य पनि ७ सय रुपैयाँले बढेर ९७ हजार सात सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ९० रुपैयाँले बढेर १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।