Aafno Khabar
creativeideas

राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन् : काेइराला

  • आफ्नो खबर
  • २०७७ साउन १३ गते प्रकाशित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संखुवासभा सदस्य राजन कोइराला र तेण्डी शेर्पा लगायत १० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले उनीहरुलाई पार्टी प्रवेश गराउनुभएको हो ।

कोइराला निवासमा भएको एक कार्यक्रममा महामन्त्री कोइरालाले उनीहरुलाई पार्टी सदस्यता प्रदान गर्नुभयो । सो अवसरमा बोल्दै महामन्त्री कोइरालाले कांग्रेसको आर्दश र सिद्धान्त स्वीकार गर्ने सबैलाई कांग्रेसको ढोका खुला रहेको बताउनुभयो ।

सुनिल थापालाई सहमहामन्त्री दिएर कांग्रेसमा ल्याउने सन्दर्भमा महामन्त्री कोइरालाले भन्नुभयो ‘पञ्चायत छाडेर सुर्यबहादुर थापा नै कांग्रेसमा आउँदा बीपीले पनि पार्टीमा स्वागत गर्नुहुन्थ्यो’ । राष्ट्रियता, प्रजातन्त्र र समाजवाद मान्ने सबै नेपाली कांग्रेस हुन सक्ने उहाँको भनाइ थियो ।