Aafno Khabar
creativeideas

टिकटक बनाउनेले अब पैसा पाउने

  • आफ्नो खबर
  • २०७७ साउन १३ गते प्रकाशित

काठमाडाैं । चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ । टिकटकले चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्ता लक्षित गरेर याे सुविधा ल्याउन लागेकाे हाे ।

गएकाे बिहीबार एक विज्ञप्ति जारी गरी कम्पनीले यसका लागि करिब २४ अर्ब रुपैयाँ (२०० मिलियन डलर) को कोष बनाउन लागेको जनाएको हो ।

टिकटकका अनुसार उक्त कोषबाट यो वर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ । यसअघि टिकटक प्रयोगकर्ताले लाइभ र ब्रान्डसँगको साझेदारीमार्फत आम्दानी गर्न सक्थे ।

टिकटकका अनुसार १८ वर्षभन्दा माथिका व्यक्तिले तयार गरेकाे ओरिजिनल कन्टेन्टमा मात्र यस्ताे रकम प्रयाेग हुनेछ । आगामी महिनादेखि परीक्षणको रुपमा सुरु हुने यो कार्यक्रममा कतिले आवेदन दिन सक्ने र कति रकम पाउने भन्ने अहिलेसम्म स्पष्ट भने छैन ।

– अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा