Aafno Khabar
creativeideas

एमबाप्पे तीन साता मैदान बाहिर

  • आफ्नो खबर
  • २०७७ साउन १३ गते प्रकाशित

काठमाडाैं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे तीन साता मैदान बाहिर हुने भएका छन् ।

एन्कल इन्जुरीका कारण उनी मैदान बाहिर हुने भएका हुन् । फ्रेन्च कपको फाइनल खेलकाे समयमा उनले चाेट बाेकेका थिए । उनलाई सेन्ट इटिनेका डिफेन्डर लोइक पेरिनले खराब ट्याकल गरेका थिए ।

एमबाप्पेकाे चाेट निकाे हुन कम्तीमा तीन साता लाग्ने बताइएकाे छ ।

इन्जुरीको कारण एमबाप्पेले च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको खेल र फ्रेन्च लिग कपकाे फाइनल खेल गुमाउने भएका छन् ।