काठमाडौं । त्रिभुवन विश्वविद्यालयले शिक्षाशास्त्र संकायको परीक्षा भदौ अन्तिमबाट गर्ने भएको छ । लकडाउनका कारण स्थगित सेमेष्टर प्रणालीका स्नातक र स्नातकोत्तर तहका परीक्षा भदौ अन्तिमबाट सुरु गरिने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाले सोमबार निकालेको सूचनामा स्नाकोत्तर तह (खुल्ला तथा दूर सिकाइको विज्ञान शिक्षा) को पहिलो सेमेस्टर र स्नातक तह (खुल्ला तथा दूर सिकाइको सामाजिक अध्ययन शिक्षा) को पहिलो सेमेष्टरको परीक्षा भदौको चौथो हप्तादेखि सुरु हुने उल्लेख छ ।
परीक्षाको विस्तृत तालिका पछि सार्वजनिक गरिने महाशाखाले जनाएको छ ।
