काठमाडौं । साेमबार सुनकाे मूल्य १२ सय रुपैयाँले बढेकाे छ । साताको पहिलो दिन आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुन साेमबार प्रतितोला १२ सयले बढेको हाे ।
सोमबार सुनको मूल्य प्रतितोला १२ सयले बढेर ९७ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
चाँदी पनि साेमबार प्रतितोला ५५ रुपैयाँले बढेकाे छ । चाँदी प्रतिताेला १ हजार २ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ थियो ।