भारतीय टेलिभिजन पत्रकार अरनव गोस्वामीकाे एउटा बहस कार्यक्रममा एक अभिनेत्रीले खाना खाइरहेकाे भिडियाे भाइरल भएकाे छ । दक्षिण भारतीय अभिनेत्री अभिनेत्री कस्तुरी शंकरले गाेस्वामीकाे बहस कार्यक्रममा खाना खाएकी हुन् ।
तमिल, तेलुगु, मलयालम र कन्नड भाषाका फिल्मकी यी चर्चित अभिनेत्रीलाई अरनवले आइतबारको आफ्नो लाइभ बहसमा डाकेका थिए । बहसमा अरू पाहुना पनि थिए । तर, सधैंझैं कार्यक्रममा अधिकांश समय अरनव एक्लै बोलिरहे । पाहुनाहरूले आफ्नो धारणा राख्ने समय नै पाएनन् ।
यसबीच अरनव एकोहोरो बोलिरहेका बेला कस्तुरी शंकर लाइभ कार्यक्रमकै बीचमा मज्जाले खाना खाइरहेको देखिइन् ।
रिपब्लिक टिभीका सञ्चालक तथा पत्रकार गोस्वामीको उक्त कार्यक्रमको दृश्य तुरून्तै सामाजिक सञ्जालमा भाइरल भयो । धेरैले अभिनेत्री कस्तुरी शंकरको उक्त कदमको प्रशंसा पनि गरेका छन् । अरनवको एकात्मक शैलीमा सही ढंगले जवाफ दिएको भन्दै उनको तारिफ पनि भइरहेकाे छ ।
भिडियाेबारे सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै अभिनेत्रीले लेखेकी छन्, ‘मैले ६० मिनेटसम्म अरनवको ‘हाइपरमोड’ हेरेर बिताएँ । उनी त्यसै पनि मलाई आफ्नो कुरा राख्न दिनेवाला थिएनन् । त्यसैले, मैले कार्यक्रम छाडेर खाना खाएँ। तर, मैले आफ्नो स्काइप बन्द गर्न बिर्सेछु । यसका लागि म क्षमा चाहन्छु। यसबाट कसैको अपमान गर्ने मेरो उद्देश्य थिएन ।’
Lol. Nothing to do with confidence. I spent 60 minutes watching Arnab in hypermode, He wasnt gonna let me talk anyways, so I left and grabbed lunch. but forgot to sign off skype. Apologies to everyone for the mess up ! No offence or disrespect intended!
— Kasturi Shankar (@KasthuriShankar) July 19, 2020