Aafno Khabar

मंगलबार मध्यरातबाट लकडाउन अन्त्य, यी क्षेत्रमा अझै प्रतिबन्ध कायम

  • आफ्नो खबर
  • July 21, 2020 प्रकाशित

काठमाडौं । १२० दिन लामो लकडाउन मंगलबार मध्यरातदेखि अन्त्य हुने भएकाे छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मंगलबार रातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेकाे हाे ।

यसबारे मंगलबार पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभएकाे हाे ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेको थियो ।

यी क्षेत्रमा प्रतिबन्ध कायम

सरकारले मंगलबार मध्यरातबाट लकडाउनकाे अन्त्य भएकाे घाेषणा गरेपनि केही क्षेत्रमा प्रतिबन्ध कायमै राखेको छ ।

शैक्षिक संस्था, सभा गोष्ठी, प्रदर्शन भेला र सम्मेलन, सिनेमा हल, डान्स बारलगायतका मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, जिमखाना, हेल्थ क्लब, समूहमा खेलिने खेल, धार्मिक स्थल, पुस्तकालय, संग्राहलयहरु र चिडिया खाना नखुल्ने बताइएकाे छ । सरकारले होटल तथा रेष्टुरेन्टहरु साउन १५ बाट खुला गर्न अनुमति दिएको छ ।

सरकारले भदाै १ गतेबाट विद्यार्थी भर्ना र परीक्षाकाे तयारी गर्न पनि अनुमति दिएकाे छ । आन्तरिक तथा अन्तराष्ट्रिय उडान र लामो दूरीका अन्तरजिल्ला का यातायात पनि भदाै १ गतेबाट खुला हुने बताइएकाे छ । यस्तै, अन्तर्राष्ट्रिय खेलका प्रशिक्षण र खेलहरु पनि भदौ १ गतेबाट गर्न सकिने जनाइएकाे छ ।

याे पनि पढ्नुहाेस् ।

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षाकाे तयारी सञ्चालन गर्न अनुमति

निजी सवारी साधानमा लगाइएकाे जोर विजोर प्रणाली हट्याे

साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने

सरकारद्वारा लकडाउन अन्त्यकाे घाेषणा

सरकारले लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने