Aafno Khabar

सुनकाे मूल्यमा सामान्य गिरावट

  • July 12, 2020 प्रकाशित

 

काठमाडाैं । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजावी सुन तोलामा ९१ हजार ६६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।