Aafno Khabar

पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढ्याे

  • July 10, 2020 प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले शुक्रबार पेट्रोल, डिजेल र मटितेलकाे मूल्य बढाएकाे छ । पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर एक रुपैयाँ बढेकाे हो ।

अब पेट्रोलको मूल्य लिटरको १०२ रुपैयाँ पुगेको निगमले जनाएकाे छ । डिजेल र मटितेलको मूल्य प्रतिलिटर ८८ रुपैयाँ भएको छ । हवाइ इनधन र खाना पकाउने ग्यासको मूल्य भने बढेकाे छैन । बढेको मूल्य शुक्रबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

सरकारले गएकाे असार १६ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।